सरकारी विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग   « Khabarhub

सरकारी विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग  


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । 

बैंकले कर्णाली प्रदेशको सुर्खेत मा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलालीको बडेहाँ स्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी बाग्मती प्रदेशको पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ । 

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेकोले दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो ।

२८९ जना विद्यार्थी एंव १८ जनाशिक्षक-कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ भने १८०० भन्दा बढि विद्यार्थी र ३५ जनाशिक्षक-कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एंव शिक्षकहरूले समस्या भोगिरहनु परेको छ ।

उक्त सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : ०२ बजे

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको