अलैँचीको मूल्य प्रतिमन ८४ हजार « Khabarhub

अलैँचीको मूल्य प्रतिमन ८४ हजार


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को ८४ हजारका दरले कारोबार भइरहेको छ ।
 
चालु सिजनको सुरुआतमा प्रतिमन ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
 
  नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो । सिजनको सुरुआती समयमा अलैँचीको मूल्य ९६ हजारमा कारोबार भएको थियो ।
 
अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए । 

‘ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजारमा कारोबार भइरहेको छ,’ उनले भने।
 
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ ।

नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ४ : १३ बजे

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

म्याग्दी– मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष

मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

म्याग्दी– बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

महोत्तरी– लाउँलाउँ खाउँखाउँको किशोर र जवानीको उमेर विदेशमा पसिना बगाएका महोत्तरीको

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ– चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन ।

मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

काठमाडौं–  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)