प्रधानमन्त्री कप : गण्डकीको दोस्रो जित « Khabarhub

प्रधानमन्त्री कप : गण्डकीको दोस्रो जित


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जित हो । 

गण्डकी पाँच खेलमा चार अंक जोड्दै अंक ताकिलाको आठौँ स्थानमा छ । त्यस्तै बागमती सात खेलमा आठ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले टस जितेर ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर एक सय ९८ रन बनायो । एक सय ९९ रनको विजयी लक्ष्य गण्डकीले तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

गण्डकीका लागि किरण पङ्गेनीले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ६ चौका र तीन छक्का हाने । यस्तै ईश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० तथा समिर कँडेलले १९ रन बनाए ।

बलिङतर्फ बागमतीका प्रतिश जिसीले दुई, रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा बागमतीका लागि आँशुतोष घिरैयाले सर्वाधिक ४४ रनको योगदान दिए । 

त्यस्तै इशान पाण्डेले ४३, विपिन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ तथा कप्तान रित गौतमले १३ रन बनाए । बलिङतर्फ गण्डकीका कमल परियारले चार, कप्तान विपिन खत्री र अमृत गुरुङले दुई-दुई तथा सन्दीप पराजुलीले एक विकेट लिए । 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ६ : २० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल