सुर्तीजन्य पदार्थ बोकेर कार्यालय प्रवेशमा रोक | Khabarhub Khabarhub

सुर्तीजन्य पदार्थ बोकेर कार्यालय प्रवेशमा रोक


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्जसुर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगञ्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सुर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ।

कसैले सुर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेलापरेमा एक सय रुपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ।

नेपालगञ्जका मेयर प्रशान्त विष्टले सुर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाइ गर्न थालेको बताए। मेयर विष्टले चैत्रसम्म सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरू गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : १० बजे

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी

सहरी विकास मन्त्रीको एक वर्ष : नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

काठमाडौँ– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको