बीपीका ३१ प्राध्यापकले लेखे प्रधानमन्त्रीलाई पत्र « Khabarhub

बीपीका ३१ प्राध्यापकले लेखे प्रधानमन्त्रीलाई पत्र


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका ३१ जना प्राध्यापकले कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त पत्र लेख्दै लामो समयदेखि रोकिएको पदोन्नति प्रक्रियाको अन्तवार्ता सुरु गरेर समस्या समाधान गर्न अनुरोध गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीलाई लेखिएको पत्रमा गत ०७९ पुस २० र ०७९ माघ १० मा प्रकाशित विज्ञापनको प्रक्रिया अगाडि बढाउने क्रममा प्रतिष्ठानले सुरु गरेको अन्तर्वार्ता नरोक्न भनिएको छ ।

अन्तर्वार्ता बीचैमा रोकिएपछि शिक्षक चिकित्सक र कर्मचारीको भद्र अवज्ञाले अस्पतालको सम्पूर्ण सेवा अवरुद्ध भएको जानकारी गराउँदै पत्रमा भनिएको छ, ‘विगत १० दिनदेखि हजारौं विरामीहरु उपचारबाट बन्चित भएको, सयौं विद्यार्थीको पठनपाठन ठप्प भएको र प्रतिष्ठान उठ्नै नसक्ने गरी धरासायी बन्न थालेको परिस्थिति छ । यस्तो विषम परिस्थिति निरन्तर रहेमा प्रतिष्ठानको अस्तित्वमा नै आँच आउन सक्ने हाम्रो ठम्याइ छ ।’

प्राध्यापकहरुले शिक्षक कर्मचारीहरुको अवरुद्ध अन्तर्वार्ता प्रक्रिया तत्काल अघि बढाउन स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशित गरी कार्यान्वयन गराइदिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

हेर्नुहोस् पत्र

याे पनि…

भाँडियो वीपी प्रतिष्ठानको बैठक, मन्त्री र उपकुलपतिको राजीनामा माग

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५९ बजे

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित

रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्वासी व्यवस्थापन,

लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र