आज २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिख। माग शुक्ल पक्षको चर्तुदशी तिथि। आज पूर्णिमा व्रत परेको छ। पशुपतिनाथको छाया दर्शन गर्ने दिन हो। कर्कटमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

वृष : दैनिकी राम्रो मान्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। भोज र भतेरमा ख्याल गर्नुपर्छ। प्रतिस्पर्धी शान्त रहनेछन्। परिवारको सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा जोखिम देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

कर्कट : दैनिकी सामान्य छ। कुरा काट्नेहरु सक्रिय छन्। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग सकारात्मक रहनेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा उदय छन्। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परोपकारको अवसर मिल्नेछ। प्रतिस्पर्धीका आवाज कमजोर भएका छन्। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ राम्रो रहनेछ।

कन्या : दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। गुरुबाट साथ रहने प्राप्त हुने योग छ। सम्मान गर्न सिक्नु राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समय राम्रो छ। आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। वैदेशिक लगानीबाट नाफा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

वृश्चिक : दैनिकी राम्रो छ। यात्राले मनमा उत्साह थप्नसक्छ। दाजुभाइ र इष्टमित्रको साथ रहने छ। लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।

धनु : दिन राम्रो छ। लगानीमा घाटा हुने छैन। लगानी गर्ने दिन आएको छ। स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ। आफन्त भन्दा अपरिचित बाट साथ र सहयोग रहनेछ। पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ।

मकर : दैनिकी राम्रो छ। बोलीको प्रभावले धेरै काम गर्नुपर्ने छ। शब्दमा मोहनी छ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दैनिकी सामान्य छ। इच्छा विपरितको बाटो आफन्तले रोज्नेछन्। झुटो आरोप लाग्नसक्छ। थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ। जन्मकुण्डलीमा तीन, ६ र ११ औं स्थानमा शनिदेव भए तपाईंको काम सफल हुनेछ।

मीन : खर्च बढ्न सक्छ। खर्चालु काम नगर्नु राम्रो हुन्छ। साथीबाट साथ रहनेछ। सामाजिक क्षेत्रमा सम्मान होला। परिवारको साथ र सहयोग रहने योग छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : १० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु