एमालेले माग्यो तीन मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ « Khabarhub

एमालेले माग्यो तीन मन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा मागेको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले विभिन्न घटनामा मुछिएका तीन मन्त्रीको राजीनामा मागेका हुन् । साथै उक्त घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने उनको माग छ । 

दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा पेस गर्न माग गर्दै उनले सोही प्रतिवेदनले दोषी देखाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताए । 

साथै एमालेले टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा मागेको हो।

बालकुमारी घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने पनि एमाले सांसद भट्टराईले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ५२ बजे

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा