प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेट « Khabarhub

प्रधानमन्त्री र एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीबीच भेट


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । 

शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो । 

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए । 

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । आचार्य गैरआवासीय नागरिकताका बारेमा सबैभन्दा सकृय अभियन्ता हुन ।

भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफूहरू यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि  प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्रीसँगको भेटमा एनआरएनए निवर्तमान उपाध्यक्ष एवं अभियन्ता डिबी क्षेत्री, उपाध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनएका सल्लाहकार शनि कु

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : ३८ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक