प्रवासी कांग्रेसको प्रश्न– विदेशी नागरिकता लिनेलाई किन नहटाएको ? | Khabarhub Khabarhub

प्रवासी कांग्रेसको प्रश्न– विदेशी नागरिकता लिनेलाई किन नहटाएको ?



कांग्रेस महासमिति बैठकका लागि विदेश जनसम्पर्क समितिबाट  आएका प्रतिनिधिहरूले आफूहरूलाई बोलाएर पार्टीले कुरा नसुनेको गुनासो गरेका छन् ।

३५ जनसम्पर्क समितिबाट ९६ जना प्रतिनिधि महासमिति बैठकका लागि ललितपुरको गोदावरी आएका थिए । हाल कांग्रेसका ३५ वटा जनसम्पर्क समिति छन् ।

उनीहरूले कम्तीमा २ जना केन्द्रीय सदस्य लड्न पाउनुपर्ने, हाल कार्यरत महासमिति सदस्यहरूलाई यथावत् राख्नुपर्ने माग राखेका छन् । यस्तै केही महासमिति सदस्यहरूले विदेशी नागरिकता लिएका व्यक्तिहरूलाई महासमिति सदस्यबाट हटाउनुपर्ने उठाएका थिए ।

तर यी विषयलाई महासमिति बैठकमा गम्भिरतापूर्व नलिइएको साउदी अरब जनसम्पर्क समितिका सभापति पुरुषोतम खनालले बताए ।

यस्तै बहराइनबाट आएका पदम गुरुङले महासमिति बैठक आफूले सोचेजस्तो नभएको प्रतिक्रिया दिए । उनले नीति अधिवेशन भनिने महासमिति बैठकमा सोचेको जस्तो सदस्यको भावना कदर नभएको बताए  ।

उनले भने, नेतृत्वको आचरण सही हुनुपर्ने हो तर त्यही भएन । युवालाई सहभागिता र उनीहरूका धारणाको कदर नै गरिएन । हामी उहाँबाट त्यत्रो खर्च गरेर यही रोइलो हेर्ने आएका हौँ र ? कांग्रेस जनताप्रति उत्तरदायी हुनुपर्ने हो तर भएन ।

गुरुङले दुई महामन्त्रीको चरित्र पनि एकै धारमा नबगेकाले १५ औं महाधिवेशनमा पनि युवा नेतृत्व आउनेमा संशय रहेको बताए ।

साउदी अरबबाट प्रतिनिधित्व गरेका अर्जुन थापाले पनि कांग्रेसले प्रवासका विषयमा महत्त्व नदिएकोमा असन्तुष्टि जनाए ।  उनले आफूहरूले राखेको विषय पास भएर कार्यसम्पादन समितिमा पुगेको भनिए पनि तोडमोडको आशंका गरे । विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार  प्राथमिकतामा राख्नुपर्ने आफूहरूको गम्भीर एजेण्डा रहेको स्पष्ट गरे ।

थापाको भनाइ छ– ‘प्रवासीलाई पनि केन्द्रीय सदस्य बनाउने बाटो खोल्नुपर्‍यो । यो हाम्रो बटमलाइन हो । सबै जनसम्पर्कका साथीहरू यही आवाजमा अडिग हुनुहुन्छ ।  हाम्रो एजेण्डालाई पार्टीले नीतिगत रूपमै सम्बोधन गर्नुपर्छ । होइन भने किन जनसम्पर्क चाहियो र ? हामी विदेश परिस्थितिले गएका हौँ । यस विषयमा खै पार्टी गम्भीर बनेको ?  मतदानका विषयमा तीव्र बहस चल्नुपर्ने होइन ?’

यस्तै, बेलायत जनसम्पर्क समिति सभापति कोपिला सुब्बाले केन्द्रीय सदस्य बन्ने बाटो  खुल्ला गर्न माग गरिन । यस विषयलाई केन्द्रीय समिति र कार्यसम्पादन समितिले गम्भीर रूपमा लिनुपर्ने उनको आग्रह छ  । सुब्बाले थपिन– ‘प्रवासमा रहेका निश्चित साथीहरूलाई केन्द्रीय सदस्य बनाउनुपर्छ । महिला तथा पछि परेका वर्गको आवाज सुन्नुपर्छ । मतदानको अधिकार सुनिश्चित हुनुपर्छ । कार्यरत महासमिति सदस्यहरूलाई यथावत् राख्नुपर्छ ।’

कानुनले नै प्रत्याभूत गरेको ३३ प्रतिशतको सहभागितालाई सुनिश्चित गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराइन । यस्तै अरबका महासमिति सदस्य थापाले पनि जिम्मेवारीलाई सबै तहमा वितरण गरी प्रवासलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

बहराइन सभापति गुरुङले पार्टीका लागि आफूहरूले समय र आर्थिक खर्च गरे पनि उपलब्धि शून्य भएको स्पष्ट गरे । कांग्रेसले १३ औं महाधिवेशन र त्यो भन्दा पहिलेका केही महाधिवेशनसम्म भने जनसम्पर्क समितिबाट दुई जना केन्द्रीय सदस्य मनोनीत गर्ने गरेको थियो । तर १४ औं महाधिवेशनमा मनोनीत नगरेका कारण नीतिमै समावेश गर्न जनसम्पर्क समितिहरूले माग गरेका छन् ।

कांग्रेस नेतृत्वले जनसम्पर्कका सुझावलाई केही परिमार्जन गरी नीतिमा समावेश गर्ने आश्वासन दिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ०६ बजे

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ