प्रवासी कांग्रेसको प्रश्न– विदेशी नागरिकता लिनेलाई किन नहटाएको ? « Khabarhub

प्रवासी कांग्रेसको प्रश्न– विदेशी नागरिकता लिनेलाई किन नहटाएको ?



कांग्रेस महासमिति बैठकका लागि विदेश जनसम्पर्क समितिबाट  आएका प्रतिनिधिहरूले आफूहरूलाई बोलाएर पार्टीले कुरा नसुनेको गुनासो गरेका छन् ।

३५ जनसम्पर्क समितिबाट ९६ जना प्रतिनिधि महासमिति बैठकका लागि ललितपुरको गोदावरी आएका थिए । हाल कांग्रेसका ३५ वटा जनसम्पर्क समिति छन् ।

उनीहरूले कम्तीमा २ जना केन्द्रीय सदस्य लड्न पाउनुपर्ने, हाल कार्यरत महासमिति सदस्यहरूलाई यथावत् राख्नुपर्ने माग राखेका छन् । यस्तै केही महासमिति सदस्यहरूले विदेशी नागरिकता लिएका व्यक्तिहरूलाई महासमिति सदस्यबाट हटाउनुपर्ने उठाएका थिए ।

तर यी विषयलाई महासमिति बैठकमा गम्भिरतापूर्व नलिइएको साउदी अरब जनसम्पर्क समितिका सभापति पुरुषोतम खनालले बताए ।

यस्तै बहराइनबाट आएका पदम गुरुङले महासमिति बैठक आफूले सोचेजस्तो नभएको प्रतिक्रिया दिए । उनले नीति अधिवेशन भनिने महासमिति बैठकमा सोचेको जस्तो सदस्यको भावना कदर नभएको बताए  ।

उनले भने, नेतृत्वको आचरण सही हुनुपर्ने हो तर त्यही भएन । युवालाई सहभागिता र उनीहरूका धारणाको कदर नै गरिएन । हामी उहाँबाट त्यत्रो खर्च गरेर यही रोइलो हेर्ने आएका हौँ र ? कांग्रेस जनताप्रति उत्तरदायी हुनुपर्ने हो तर भएन ।

गुरुङले दुई महामन्त्रीको चरित्र पनि एकै धारमा नबगेकाले १५ औं महाधिवेशनमा पनि युवा नेतृत्व आउनेमा संशय रहेको बताए ।

साउदी अरबबाट प्रतिनिधित्व गरेका अर्जुन थापाले पनि कांग्रेसले प्रवासका विषयमा महत्त्व नदिएकोमा असन्तुष्टि जनाए ।  उनले आफूहरूले राखेको विषय पास भएर कार्यसम्पादन समितिमा पुगेको भनिए पनि तोडमोडको आशंका गरे । विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार  प्राथमिकतामा राख्नुपर्ने आफूहरूको गम्भीर एजेण्डा रहेको स्पष्ट गरे ।

थापाको भनाइ छ– ‘प्रवासीलाई पनि केन्द्रीय सदस्य बनाउने बाटो खोल्नुपर्‍यो । यो हाम्रो बटमलाइन हो । सबै जनसम्पर्कका साथीहरू यही आवाजमा अडिग हुनुहुन्छ ।  हाम्रो एजेण्डालाई पार्टीले नीतिगत रूपमै सम्बोधन गर्नुपर्छ । होइन भने किन जनसम्पर्क चाहियो र ? हामी विदेश परिस्थितिले गएका हौँ । यस विषयमा खै पार्टी गम्भीर बनेको ?  मतदानका विषयमा तीव्र बहस चल्नुपर्ने होइन ?’

यस्तै, बेलायत जनसम्पर्क समिति सभापति कोपिला सुब्बाले केन्द्रीय सदस्य बन्ने बाटो  खुल्ला गर्न माग गरिन । यस विषयलाई केन्द्रीय समिति र कार्यसम्पादन समितिले गम्भीर रूपमा लिनुपर्ने उनको आग्रह छ  । सुब्बाले थपिन– ‘प्रवासमा रहेका निश्चित साथीहरूलाई केन्द्रीय सदस्य बनाउनुपर्छ । महिला तथा पछि परेका वर्गको आवाज सुन्नुपर्छ । मतदानको अधिकार सुनिश्चित हुनुपर्छ । कार्यरत महासमिति सदस्यहरूलाई यथावत् राख्नुपर्छ ।’

कानुनले नै प्रत्याभूत गरेको ३३ प्रतिशतको सहभागितालाई सुनिश्चित गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराइन । यस्तै अरबका महासमिति सदस्य थापाले पनि जिम्मेवारीलाई सबै तहमा वितरण गरी प्रवासलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

बहराइन सभापति गुरुङले पार्टीका लागि आफूहरूले समय र आर्थिक खर्च गरे पनि उपलब्धि शून्य भएको स्पष्ट गरे । कांग्रेसले १३ औं महाधिवेशन र त्यो भन्दा पहिलेका केही महाधिवेशनसम्म भने जनसम्पर्क समितिबाट दुई जना केन्द्रीय सदस्य मनोनीत गर्ने गरेको थियो । तर १४ औं महाधिवेशनमा मनोनीत नगरेका कारण नीतिमै समावेश गर्न जनसम्पर्क समितिहरूले माग गरेका छन् ।

कांग्रेस नेतृत्वले जनसम्पर्कका सुझावलाई केही परिमार्जन गरी नीतिमा समावेश गर्ने आश्वासन दिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ०६ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु