लघुवित्त पीडितहरू र प्रहरीबीच बालुवाटारमा झडप « Khabarhub

लघुवित्त पीडितहरू र प्रहरीबीच बालुवाटारमा झडप


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरू र प्रहरीबीच शुक्रबार झडप भएको छ ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।

सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

भडपबाट दर्जनौँ प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरूले निषेधका लागि राखिएको बार फालिदिएका थिए । विभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरू मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका थिए । सिफलचौरलाई मुकाम बनाएर बसेका उनीहरूले दैनिक प्रदर्शन र धर्ना दिँदै आएका छन् ।

शनिबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ३४ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)