‘महाजात्रा’को महाकमेडी यात्रा’ « Khabarhub

‘महाजात्रा’को महाकमेडी यात्रा’


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘महाजात्रा’ फिल्म प्रचारका लागि निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहका अनुसार यात्रा दुई चरणमा हुनेछ ।

दर्शकहरूलाई सहर–सहरमा पुगेर फिल्म हेर्न आमन्त्रण गर्नका लागि निर्माण समूहले यात्राको तयारी गरेको हो । फिल्मका निर्देशक म्याक्स खत्री भन्छन्, ‘हामीले फिल्म प्रचारका लागि मोफोसलमा पनि गतिविधि गर्ने लागेका हौं । उहाँहरूको मनोरञ्जनका लागि विभिन्न कार्यक्रम पनि गर्ने तयारी छ ।’

यात्रा अन्तर्गतका कार्यक्रममा विभिन्न सहरमा ‘महाजात्रा’को कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठलगायतको प्रस्तुति रहने निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै, अन्य हास्यकलाकार सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा पनि यस यात्रामा सहभागी हुने बताइएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ०१ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको