‘महाजात्रा’को महाकमेडी यात्रा’ « Khabarhub

‘महाजात्रा’को महाकमेडी यात्रा’


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘महाजात्रा’ फिल्म प्रचारका लागि निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहका अनुसार यात्रा दुई चरणमा हुनेछ ।

दर्शकहरूलाई सहर–सहरमा पुगेर फिल्म हेर्न आमन्त्रण गर्नका लागि निर्माण समूहले यात्राको तयारी गरेको हो । फिल्मका निर्देशक म्याक्स खत्री भन्छन्, ‘हामीले फिल्म प्रचारका लागि मोफोसलमा पनि गतिविधि गर्ने लागेका हौं । उहाँहरूको मनोरञ्जनका लागि विभिन्न कार्यक्रम पनि गर्ने तयारी छ ।’

यात्रा अन्तर्गतका कार्यक्रममा विभिन्न सहरमा ‘महाजात्रा’को कलाकार हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठलगायतको प्रस्तुति रहने निर्माण पक्षले जानकारी दिएको छ ।

त्यस्तै, अन्य हास्यकलाकार सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा पनि यस यात्रामा सहभागी हुने बताइएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ०१ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको