थापाथली अस्पतालबाट बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी « Khabarhub

थापाथली अस्पतालबाट बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको हो । बच्चा खोजिका लागि प्रहरी टोली खटाइएको उनले बताए ।

प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको हो । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले लिएको उजुरीमा उल्लेख छ ।

बच्चा लिएको केही समयमा ती महिला फरार भएको बताइएको छ । शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : २२ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ