क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ « Khabarhub

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मेनपावरका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौंकाे बुढानीलकण्ठ नगरपालिका-४ कपन बस्ने अल शाहिद ओभरसिज प्रा.लि. को संचालक ४० बर्षीय बलराम भट्टराई रहेका छन् ।

भट्टराईले रविन्द्र मण्डललाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु, त्यसको लागि ३० लाख रुपैयाँ लाग्छ र क्यानडा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटक पटक गरी जम्मा २० रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टराईको खोजतलास गर्ने क्रममा बिहीबार सुकेधाराबाट पक्राउ गरेका हो ।

 उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ५१ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै