अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्त रहेका छन्। उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ७ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बर्दघाटसँग समन्वय गरी उनलाई नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ११ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम