चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन « Khabarhub

चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढाका- चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन रहेको पाइएको छ । चीनले बंगलादेशलाई आपूर्ति गरेको के–८ डब्लू विमान दुर्घटना हुँदा दुई जना पाइलट मारिएका छन् ।

उक्त लडाकु विमानले लोड गरिएका रकेट पनि प्रहार गर्न असक्षम रहेको बंगलादेश लाइभ न्युजले जनाएको छ ।

बंगलादेशले यसबारे चीनलाई जानकारी गराएको भएपनि चिनियाँ पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन । बंगलादेशले आफ्नो हतियार आपूर्तिको तीन चौथाइ चीनबाट ल्याउने गरेको उक्त समाचार संस्थाले जनाएको छ ।

चीनले बंगलादेशलाई दुई वटा टाइप ०३५ जी मिङ–क्लास पनडुब्बी पनि आपूर्ति गरेको छ । अनुदानमा दिइएका ती पनडुब्बलीको मूल्य १० करोड डलर रहेको जनाइएको छ ।

त्यसबाहेक चीनले बंगलादेशलाई आपूर्ति गरेका दुई युद्धपोतमा पनि यान्त्रीक खराबी देखिएको जनाइएको छ । यसको मर्मतका लागि चीनले उल्टै थप पैसा माग गरेको बंगलादेशी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ५५ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार