आईपिएलको उद्घाटन खेलमा चेन्नाई विजयी : आज दुई खेल हुँदै « Khabarhub

आईपिएलको उद्घाटन खेलमा चेन्नाई विजयी : आज दुई खेल हुँदै


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै प्रसिद्ध टी-२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नाई सुपर किङ्ग्स विजयी भएको छ। रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा भेट्टाएको हो। आठ बल खेल्न बाँकी हुँदै चेन्नईले चार विकेटको क्षतिमा १७६ रन बनाउँदै आईपिएलको यो सिजनको पहिलो जित निकालेको हो।

चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । चेन्नईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । चेन्नईको इनिङलाई कमजोर पार्न बैंग्लोरका क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा  रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए ।  अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे । चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।

महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो। बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ। उद्घाटन खेल भएकाले यसलाई धेरैले महत्त्वका साथ हेरेका थिए।

शनिबार दुई खेल हुँदै
आईपिएल अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन्। यो खेल शनिबार दिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ।

दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ८ बजे सुरु हुँदैछ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ०२ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको