आईपिएलको उद्घाटन खेलमा चेन्नाई विजयी : आज दुई खेल हुँदै « Khabarhub

आईपिएलको उद्घाटन खेलमा चेन्नाई विजयी : आज दुई खेल हुँदै


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै प्रसिद्ध टी-२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नाई सुपर किङ्ग्स विजयी भएको छ। रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा भेट्टाएको हो। आठ बल खेल्न बाँकी हुँदै चेन्नईले चार विकेटको क्षतिमा १७६ रन बनाउँदै आईपिएलको यो सिजनको पहिलो जित निकालेको हो।

चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । चेन्नईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए । चेन्नईको इनिङलाई कमजोर पार्न बैंग्लोरका क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा  रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए ।  अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे । चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।

महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो। बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ। उद्घाटन खेल भएकाले यसलाई धेरैले महत्त्वका साथ हेरेका थिए।

शनिबार दुई खेल हुँदै
आईपिएल अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन्। यो खेल शनिबार दिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ।

दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ८ बजे सुरु हुँदैछ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ०२ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक