हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम « Khabarhub

हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क उपचार गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताए ।

गाउँपालिकाको वडा नम्बर ४ को विकट दलित बस्ती, खर्रा, देउदा, गइरा र उतिसेनी गाउँका ६५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको उनले जानकारी दिए । स्वास्थ्यकर्मी घरमै आएर स्वास्थ्य परीक्षण र औषधि वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले उनीहरुको सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङकुले बताए । गाउँपालिकामा रहेका सबै वडामा घरदैलो गरेर बिरामीको पहिचान गरिनेछ ।

कार्यक्रमअन्तर्गत बिरामीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताए । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायतका उपचार गरेका हुन् ।

गाउँपालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । वडा १ देखि ५ सम्मका सबै बस्तीमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिने छ । यो अभियान वडा नम्बर ४ मा सम्पन्न भएर वडा नम्बर १ मा सुरु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ५१ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने