पोर्न साइट हेर्दा साइबर आक्रमणको जोखिम | Khabarhub Khabarhub

पोर्न साइट हेर्दा साइबर आक्रमणको जोखिम

किन बढ्दैछ साइबर अपराध ? ह्याकिङबाट बच्न के गर्ने ?



काठमाडौं – सूचना प्रविधि क्षेत्रका जानकारका अनुसार ह्याकिङ दुई किसिमका हुन्छन्। वैधानिक ह्याकिङ र अवैधानिक। अनुमति लिएर गरिनेलाई वैधानिक ह्याकिङ भनिन्छ भने कसैको स्वीकृतिबिना व्यक्तिगत वा व्यवसायिक डेटा चोर्न खोज्नुलाई अनैतिक अर्थात् अवैधानिक ह्याकिङ भनिन्छ।

गत वर्ष एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ र तीन नेपाली नागरिक पक्राउ परे। उनीहरुले सात वटा बैंकका एटीएम ह्याक गरेका थिए। यो समूहले १४ भदौमा करिब दुई करोड रुपैयाँ लुटेको थियो।

त्यस्तै, कृषि विकास बैंक ह्याकिङमा संलग्न १० जना नेपाली र एक भारतीय नागरिक पक्राउ परे। उनीहरुले भारतीय र नाइजेरियन नागरिकसँग मिलेर ह्याकिङ गरेका थिए। उक्त समूहले बैंकको विभिन्न शाखाबाट चार करोड ७३ लाख ९६ हजार रुपैयाँ झिकेको थियो।

बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गर्ने योजनाअन्तर्गत कृषि विकास बैंकको सिस्टम ह्याकिङ गरेर उक्त गिरोहले पैसा निकालेको थियो।

त्यस्तै कृषि विकास बैंककै ह्याकिङ प्रकरणमा मोरङका दीपक नेपाली पक्राउ परे। उनले ह्याक गरेर बैंकको एक करोड रुपैयाँ चोरी गरेका थिए।

यी माथिका सबै घटना बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित हुन्। संस्था मात्रै नभएर व्यक्तिगत रुपमा धेरै मानिस ह्याकरको सिकार भएका छन्। तर, संस्थाका कुरा सार्वजनिक हुने गरे पनि व्यक्तिगत घटना भने सार्वजनिक गर्न नमिल्ने साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थी बताउँछन्।

उनी भन्छन्, ‘अहिले विश्व नै डिजिटल भइरहेका समयमा यस्ता थुप्रै अनलाइन जोखिम बढ्दै गएको छ, यसले गर्दा हाम्रो व्यक्तिगत जानकारी पनि डिजिटलाइज्ड भएको छ।’

साइबर ब्युरोको तथ्याङक अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार ८७२ जना ह्याकिङको सिकार बनेका छन्।

त्यस्तै २०८०/८१ मा यो संख्या सात गुणा बढेको छ। यो वर्ष सात हजार १९६ जना ह्याकरको सिकार बनेको प्रहरीसँग तथ्यांक छ। एकै वर्षको अन्तरालमा साइबर अपराध यति धेरै बढेको हो। प्रहरीमा नआएको तथ्याङ यो भन्दा बढी हुनसक्छ।

कतिपय इन्टरनेटका प्रयोगकर्तालाई ह्याकिङका बारेमा जानकारी नै नभएको अवस्थी बताउँछन्। डिजिटल साक्षरताको कमीले पनि यस्ता घटना बढ्ने गरेको उनको विश्लेषण छ। ‘सामाजिक सञ्जालको माध्यमबाट धेरै अपराध भइरहेको छ, पीडितका कुरा सुन्दा सचेतनाकै कमी देखिन्छ। प्रवक्ता भन्छन्, ‘कमजोर पासवर्ड राख्नेको धेरै ह्याकिङ भएको छ।’

घटनाको अनुसन्धानमा सामाजिक सञ्जालमा अश्लील भिडियो हेर्नेहरु धेरै मात्रामा पीडित बनेको अवस्थीले खबरहबलाई बताए। उनी भन्छन्, ‘पोर्नमा धेरै मानिसको जिज्ञासा छ। त्यसखालका भिडियो क्लिक गर्दा पनि धेरै मानिस फसेका छन्।’

खबरहबसँग कुरा गर्दै अवस्थीले भने ‘प्रहरी कार्यालयका वेभ एकाउण्टसमेत ह्याक भएको छ। अपराधका ट्रेडहरु नयाँ-नयाँ आइरहेका छन्। राम्रो कुरा गर्ने, नजिकिने र अपराध गर्ने शैली बढेको छ।’

उनी अगाडि भन्छन्, ‘अहिले सञ्जालमा विभिन्न लिंक आउने गर्छन्। त्यसलाई क्लिक गरेको भरमा व्यक्तिका बैंक अकाउण्ट रित्तिएका छन्, कनेक्ट आइपीएसमा पनि यस्तो घटना भएको छ।’

ह्याकिङबाट जुनसुकै उमेरका युजरहरु पनि पीडित भएको बताउँदै उनी भन्छन्, ‘प्रविधिमा कमजोर भएकाहरु धेरै सिकार भएका छन्।’

त्यस्तै स्मार्ट फोनमा हुने धेरै फिचर चलाउन नजानेका कारण समस्यामा पर्ने गरेको बताउँदै उनी स्मार्ट फोनसँगै प्रयोगकर्तामा पनि स्मार्ट बन्न जरुरी भएको बताउँछन्।

अवस्थी भन्छन्, ‘स्मार्ट बन्ने कुरा घरपरिवारबाटै हो। अब राष्ट्रले पनि आफ्नो नागरिकलाई स्मार्ट बनाउनु पर्यो।’ प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने कुरा पाठ्यक्रममा नै समावेश गर्नु आवश्यक भइसकेको उनको सुझाव छ।

न्याय पाउने सम्भावना
न्यायका लागि आफ्नै देशमा अर्थात् ‘लोकल कन्टयाक्ट’ हुनुपर्ने अवस्थी बताउँछन्। त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेको उनले सुनाए।

यस्ता घटना बढ्दै जानुमा नैतिक शिक्षाको अभाव रहेको पनि उनको बुझाइ छ। उनी भन्छन्, ‘अहिले नैतिक शिक्षा विद्यालयमा पनि रहेन, घरमा पनि रहेन। पढेलेखेकै मानिसहरुले सामाजिक सञ्जालमा व्यक्त गर्ने भाषा हेर्नुस्। त्यसमा व्यक्तिको हुर्र्काइ र संस्कार झल्किन्छ।’

उनी अगाडि भन्छन्, ‘देश सानो हुँदैमा मानवअधिकार पनि कम हुने भन्ने हुँदैन। सामाजिक सञ्जालमा हुने घटनाबारे त्यसका सञ्चालकको सहयोग आवश्यक छ। तर, सामाजिक सञ्जालको सिस्टम हाम्रो क्षेत्राधिकारभित्र छैन। कन्टयाक्ट पोइन्ट छैन। प्रत्यक्ष कुरा गर्न सक्ने अवस्था छैन। कम्पनीसँग अनुरोध गर्ने हो। ह्याक भएको आइडी रिकभर भए मात्र पीडितले न्याय पाउने हो।’

ह्याकिङमा संलग्न व्यक्तिहरु प्राय परिवारको निगरानी भन्दा बाहिर बस्ने रहेको प्रवक्ता अवस्थी बताउँछन्। उनी भन्छन्, ‘प्रत्यक्ष पारिवारिक संरक्षण वा निगरानी बेगरकाहरु यसमा संलग्न छन्।’

यस्ता घटना बढ्दै जानुमा नैतिक शिक्षाको अभाव रहेको पनि उनको बुझाइ छ। उनी भन्छन्, ‘अहिले नैतिक शिक्षा विद्यालयमा पनि रहेन, घरमा पनि रहेन। पढेलेखेकै मानिसहरुले सामाजिक सञ्जालमा व्यक्त गर्ने भाषा हेर्नुस्। त्यसमा व्यक्तिको हुर्र्काइ र संस्कार झल्किन्छ।’

कतिपयलाई विद्युतीय कारोवार ऐनका बारेमा जानकारी नहुँदा पढेकैहरुबाट पनि गल्ती भएको प्रवक्ता अवस्थी सुनाउँछन्। उनी भन्छन्, ‘२०६३ को ऐनलार्ई रिप्लेस गर्ने गरी अहिले विधेयक आएको छ।’

ह्याकिङबाट जोगिने उपाय
प्राविधिक सुरक्षाकर्मी अर्थात् वैधानिक ह्याकर श्रृंखला भट्टराई ह्याकिङबाट जोगिन विभिन्न उपाय अपनाउन सुझाव दिन्छिन्। उनका सुझाव यस्ता छन्।

                                                                वैधानिक ह्याकर श्रृंखला भट्टराई

-जस्तोसुकै लिंक खोल्नु हुँदैन।
-एउटै पासवर्ड धेरै एकाउन्टमा प्रयोग गर्नु हुँदैन।
-सार्वजनिक वाइफाई प्रयोग गर्नुहुँदैन।
-कुनै पनि एप्लिकेसन खोल्नुअघि त्यो बारेमा बुझ्नु पर्छ।
-आफ्नो इमेलमा कुनै पनि अनलाइन एकाउन्ट ह्याक भयो भने पासवर्ड परिवर्तन गरिहाल्नुपर्छ।
-बलियो पासवर्ड राख्नुपर्छ।
-अनावश्यक मानिससँग सामाजिक सञ्जालमा कुरा गर्नुहुँदैन।
-व्यक्तिगत विवरणको जानकारी दिनुहुँदैन।
-अपरिचतसँगको सहजगता अपनाउनु आवश्यक छ।
-परिचितलाई पनि सबै सूचना वा जानकारी दिनुहुँदैन।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १० : १० बजे

संसदीय छानविन समिति कांग्रेसको बटमलाइन : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विपक्षीहरूसँग रणनीति बनाउँदै कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूलाई फेरि छलफलका

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपा सांसदलाई ‘ह्वीप’

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना

कांग्रेस बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेका कारण कार्यव्यवस्था

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई