तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’ « Khabarhub

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font


काठमाडौँ– वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएवापत प्रा. पुष्कर लोहनीलाई एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत एक लाख राशिको ‘वानीरा शङ्कर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वर्द्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित सो फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शङ्कर गिरी र अध्यक्ष इन्दिरा प्रसाईँ हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १२ : २३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण