कवि बानियाँ र चित्रकार राई पुरस्कृत « Khabarhub

कवि बानियाँ र चित्रकार राई पुरस्कृत


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

खोटाङटेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुन्। 

साहित्यको माध्यमबाट जिल्लालाई पुर्‍याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकामा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिए। प्रतिष्ठानले छैटौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा आज दुवैजनालाई जनही रु ११ हजार एक सय ११ राशिको पुरस्कार प्रदान गरेको हो । 

कवि बानियाँका ‘जागै छन् शब्दहरु’ र ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन् । उनी राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्षसमेत रहेका छन्। यस्तै चित्रकार राई निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेसनमा कला प्रशिक्षकका रुपमा कार्यरत छन्। 

दुवैजनालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, खेलकुदलगायत क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रतिभालाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको अध्यक्ष एक्लेले बताए। 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ४ : ३३ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री