महाकालीमा व्यावसायिक जलयात्रा « Khabarhub

महाकालीमा व्यावसायिक जलयात्रा


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्‍याफ्‌टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्‌टिङ सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्‍याफ्‌टिङ एजेन्सिज ९नारा० को संयुक्त आयोजनामा र्‍याफ्टिङ गरिएको हो । उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ । परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो । 

त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले र्‍याफ्टिङ गरेका थिए ।

उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्‍याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए।

नाराका अध्यक्ष अधिकारीले र्‍याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिई रोजगार सृजना गर्न सहयोग गर्ने बताए। 

उनले भने, ‘महाकालीमा विगतमा जल यात्रा सुरु भए पनि चलेको थिएन । अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौँ ।’ अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ४ : ५२ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको