सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह  | Khabarhub Khabarhub

सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह 


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका छन् ।

एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुर्याई सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय होली पर्वका नाममा विकृति देखिएकाले सभ्य र मर्यादित भएर होली पर्व मनाउनुपर्ने धारणा राखे  अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उनले बताए ।

उनले नेपालका चाडपर्वहरू समाजको विकाससँग जोडिएकाले यसमा देखिएको विकृतिलाई हटाउनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : १० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई