दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छ : मन्त्री बस्नेत « Khabarhub

दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छ : मन्त्री बस्नेत


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताएका छन् ।

गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा उनले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताए । मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ ।

‘अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ’, मन्त्री बस्नेतले भने। उनले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी थिए । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया