जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री « Khabarhub

जीबी राईलाई जहाँबाट भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन्।

उनले देशमा होस् कि विदेशमा जहाँ भए पनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन्। सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको प्रस्टोक्ति दिएका थिए।

राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए। लामिछानेले सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताए।

‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ। कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दूधको दूध, पानीको पानी निस्किन्छु’ उनले भने।

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ५५ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत