दिल्लीमाथि पञ्जाब किंग्सको शानदार जित « Khabarhub

दिल्लीमाथि पञ्जाब किंग्सको शानदार जित


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । आइपिएल अन्तर्गत पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

पञ्जाबको जितमा साम कुरानले सर्वाधिक ६३ रन बनाएका थिए । कुरानले ४७ बलमा ६३ रन बनाएका थिए । त्यसैगरी लियाम लिभिङस्टोनले अविजित ३८ रन बनाए भने प्रभिसिमरन सिंहले २६ तथा कप्तान शिखर धवनले २२ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

दिल्लीका लागि साइ होपले सर्वाधिक ३३ रन बनाए भने डेभिड वार्नरले २९ तथा मिचेल मार्शले २० रन बनाए । त्यस्तै अक्सर पटेलले २१ रन बनाए भने कप्तान ऋषभ पन्तले १८ रन बनाए । त्यसैगरी अभिषेक पोखरेलले १० बलमा ३२ रन बनाएका थिए । 

त्यसैगरी पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २-२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एक एक विकेट लिए ।

यो जितपछि नयाँ सिजनमा पञ्जाव किंग्सले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने दिल्लीले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ३८ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता