हुम्ला जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट) | Khabarhub Khabarhub

हुम्ला जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।

धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो जीप आज दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडी छन् । दुवै जना भारतमा घर फर्कने क्रममा थिए ।

साथै घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षिया रामबहादुर ऐडी, अदानचुली–५ का ५७ वर्षका कुल टमटा, बल बोहोरा, चैती बोहोरा, खगेन्द्र टमटा छन् ।

घाइतेको हाल श्रीनगर स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ । गम्भीर घाइते चालक ठगुन्ना र सवारी धनी महतारालाई थप उपचारका हेलिकप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ३३ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको