हुम्ला जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट) « Khabarhub

हुम्ला जिप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट)


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।

धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो जीप आज दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडी छन् । दुवै जना भारतमा घर फर्कने क्रममा थिए ।

साथै घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षिया रामबहादुर ऐडी, अदानचुली–५ का ५७ वर्षका कुल टमटा, बल बोहोरा, चैती बोहोरा, खगेन्द्र टमटा छन् ।

घाइतेको हाल श्रीनगर स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ । गम्भीर घाइते चालक ठगुन्ना र सवारी धनी महतारालाई थप उपचारका हेलिकप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ३३ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक