हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैन : उपमहासचिव खतिवडा « Khabarhub

हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैन : उपमहासचिव खतिवडा


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताएका छन् ।

आज महोत्तरीको बर्दिबासमा समाजवादी पे्रस सङ्गठन नेपाल, महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा उद्घाटन मन्तव्य दिँदै खतिवडाले मुख्य भनिने ठूला दलका कारण सरकार स्थायी नभएको धारणा राखे ।

उनले भने “जनताले सरकार स्थायी भएन भनेर चित्त दुखाउने ठाउँ छैन, जनादेश नै त्यस्तै छ ।” उनले संसद्भित्र हुने गणितको खेलले सरकार स्थिर हुन नसकेको बताए । खतिवडाले पत्रकारलाई निर्भिक भएर भ्रष्टाचारविरुद्ध, सुशासन प्रवर्द्धनका पक्षमा कलम चलाउन अपिल गरे ।

समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, मधेस अध्यक्ष प्रवीण साहसहितले आफूहरू सङ्गठन विस्तारको अभियानमा लागेको उल्लेख गरे।

सङ्गठनका जिल्ला अध्यक्ष शर्मिला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बराल र नेकपा (एमाले) नेता शङ्कर महतोसहितले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १० : १९ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक