इटालियन सिरी ए : इन्टर मिलानलाई उपाधि « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानलाई उपाधि


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए को उपाधि इन्टर मिलानले जितेको छ । गएराति भएको खेलमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर मिलानले उपाधि चुमेको हो ।

इन्टर मिलानका लागि फ्रान्सिस्को असर्वी र मार्कोस थुरामले एक–एक गोल गरेका थिए । एसी मिलानका फिकायो टोमोरीले एक गोल फर्काएका थिए ।

खेलको १८औँ मिनेटमा असर्वीले इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ४९औँ मिनेटमा थुरामले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८०औँ मिनेटमा एसी मिलानका टोमरीले एक गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । त्यसपछि थप गोल नहुँदा इन्टर मिलानले २–१ गोलको जित निकाल्यो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ५४ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि