अब सम्झनामा देश नफर्किएका अन्तरिक्ष यात्री फारिस | Khabarhub Khabarhub

अब सम्झनामा देश नफर्किएका अन्तरिक्ष यात्री फारिस


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

‘अरबका आर्मस्ट्रङ’को रूपमा परिचित सिरियाका एक्लो अन्तरिक्ष यात्री मोहम्मद फारिसको ७२ वर्षको उमेरमा टर्कीको गाइजेनटेपमा निर्वासनमा रहेको समयमा नै ज्यान गएको छ।

एक महिना अघि नै हृदय घातको सिकार भएका उनमा त्यसपछि धेरै समस्या थियो। सन् १९८७ मा सोभियत सङ्घको इन्टरकसमस अन्तरिक्ष उडान कार्यक्रम अन्तरगत फारिस सिरियाली एयर फोर्सको पाइलटको रूपमा ८ दिन अन्तरिक्षमा बिताएका थिए। सोभियत क्र्युसँग उडान भरेका उनी सिरियाका पहिलो तथा अरबका दोस्रो अन्तरिक्ष यात्री हुन्।

हालका राष्ट्रपति बसारका बाबु तत्कालीन राष्ट्रपति हफिज अल असाद र फेरिसको बिचमा भएको स्टेस टिभीको टेलिफोन वार्ता हेर्नेको घुइँचो लागेको थियो। ‘मैले मेरो मायालु देशलाई देखि रहेको छु। यसले मलाई रोमाञ्चित तुल्याएको छ,’ ओरालो झरीरहेका फारिसले भनेका थिए।

फारिसले सिरियाली एयर फोर्सको पाइलटको रूपमा ८ दिन अन्तरिक्षमा बिताएका थिए। सोभियत क्र्युसँग उडान भरेका उनी सिरियाका पहिलो तथा अरबका दोस्रो अन्तरिक्ष यात्री हुन्।

सन् २०२३ मा उनको जीवनमा आधारित डकुमेन्ट्री अल जजीरा टेलिभिजनमा प्रसारण भएको थियो। त्यस समयमा उनले तयार पारेका डकुमेन्ट्री र भाषण आफै पढेका थिए। यसले सिरियाली तानासाहलाई क्षुब्ध बनाएको थियो। अन्तरिक्षबाट फर्केपछि फारिस सिरियाका नायक बनेका थिए। हजारौँले उनको स्वागत गरेका थिए।

हफिज अल असादको भने उनलाई हेर्ने दृष्टिकोण भने फरक थियो। त्यस समारोहमा राष्ट्रपतिले पदक पाउने व्यक्तिको गलामा सो पदक लगाइदिने चलन थियो। तथापि राष्ट्रपतिले गलामा पदक नलगाएर उनको पदक बाकसमा राखिदिए।

फारिसले एक अन्तरवार्तामा बताए अनुसार उनले अन्तरिक्ष कार्यक्रमलाई सहयोग गर्न राष्ट्रपतिसँग भनेका थिए। त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए। किनकि फारिस आफ्ना देशका युवाले पछ्याउने चाहना राखेका थिए। राष्ट्रपति भने सिरियाका नागरिकको जवाफ चाहँदैन थिए।

फारिसले हफिज अल असादसँग साउदी अरेबियाका अन्तरिक्ष यात्री युवराज सुलतान बिन सलमानको उपस्थितिमा भेटेका थिए। त्यसपछि नै राष्ट्रपति रुसप्रति आक्रामक भएका थिए। पृथ्वीमा फर्केपछि फारिस शान्त भएर बसेका थिए। हफिजको मृत्युपछि बसार अल असादको शासनमा सन् २०११ मा भएको क्रान्तिको फारिस पनि पक्षधर थिए। सन् २०१२ मा उनले आफू र परिवारको जीवन जोखिममा राखेर सिरियाली सत्ताको विरुद्धमा आफूलाई खुलम खुलम प्रस्तुत गरेका थिए।

सन् २०१२ मा फारिसले आफू र परिवारको जीवन जोखिममा राखेर सिरियाली सत्ताको विरुद्धमा आफूलाई खुलम खुलम प्रस्तुत गरेका थिए।

‘सिरिया छाड्ने क्रममा हामीलाई बचाउन कसैले एउटा कारमा छाडेका थिए। त्यसपछि उनीहरू त्यहाँबाट हिँडेका थिए। मेसिनगन समातेर बसेका सिरियाली सेनालाई छलेर उनी देशबाट भागेका थिए।

त्यहाँ बाट भागेका उनी टर्कीमा गएर शरणार्थीको रूपमा बसे। टर्कीको शरणार्थी शिविरमा उनी अत्यन्त लोकप्रिय थिए। सन् २०२० मा टर्की सरकारले उनलाई नागरिकता दिएको थियो।उनले एक अन्तरवार्तामा सिरियाली नागरिकलाई ज्यादती गर्न राष्ट्रपति अल बसारलाई रुसी सरकारले अझै साथ दिइरहेको बताएका थिए।

मृत्युपछि पनि फारिस लगायत अन्तरिक्ष यात्रीहरूको भावनाको चर्चा अहिले भइरहेको छ। उनीहरू त्यहाँबाट फर्केपछि सोच्ने शैली नै फरक भएको छ।

जुन समय फारिसको मृत्यु भएको छ। त्यसै समय संसार भर धेरै सिरियाली शरणार्थीको रूपमा जीवन बिताइरहेका छन्। उनले अन्तरिक्षमा बिताएको विषयमा चर्चा भने बारम्बार गरेका छन्। त्यस समयमा उनले त्यहीँ रहेर सिरियाका धेरै तस्बिर लिएका थिए। उनी गएको यान सन् २००१ सम्म सबै भन्दा ठुलो अन्तरिक्ष यान थियो।

सामान्य परिवारमा जन्मेका उनले अन्य ६० सिरियालीलाई पछि पार्दै सोभियत शासनमा मस्कोमा पाइलट अध्ययनको अवसर पाएका हुन्।

उनको जीवनका केही सम्झन लायक पाटा छन्। मर्नु अघिसम्म उनले शरणार्थीको आवश्यकताका बारे टर्की सरकारसँग वार्ता गरी रहेका थिए। साथै सिरियामा जारी प्रजातान्त्रिक आन्दोलनमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि उनी तल्लीन थिए।

मृत्युपछि पनि फारिस लगायत अन्तरिक्ष यात्रीहरूको भावनाको चर्चा अहिले भइरहेको छ। उनीहरू त्यहाँबाट फर्केपछि सोच्ने शैली नै फरक भएको छ।

‘युद्धले संसारलाई साँघुरो पनि बनाएको छ। मेरो हृदयले भन्छ म संसारमा धेरै कुरा गर्न सक्छु। तर, मेले सोचे जस्तो हुँदो रहेनछ,’ उनले भनेका छन्।

अक्षमा पुग्ने बित्तिकै उनी थप अध्ययन गर्न रुचाउने व्यक्ति थिए। निर्वासनमा रहेका समयमा ज्यान समेत गुमाउन पुगेका यी व्यक्तिको देशप्रतिको माया र सम्मान बेजोड थियो।

प्रत्यक्ष प्रसारण गर्नेक्रममा उनले भनेका थिए, ‘हामी अहिले मेरो प्यारो सिरियाको भूभाग उडी रहेका छौं।’ उनी त्यस समयमा एकदमै खुशी मुडमासमेत हुन्थे। उनी पृथ्वीबाट धुलो बोकेर अन्तरिक्षमा पुगेर छाड्ने पहिलो व्यक्ति समेत हुन्। उनी जाँदा एउटा एउटा क्राफ्ट तथा तल झर्दा अर्को स्पेस क्राफ्ट प्रयोग गरेका थिए यसरी अन्तरिक्षमा जाँदा र आउँदा फरक क्राफ्ट अर्को प्रयोग गर्ने कीर्तिमान पनि उनीसहित लेभरेन्को र अलेक्जेन्डर लिभरकेनको नामा थियो।

सिरियाको एलोपोमा उनी २५ मे १९५१ मा जन्मिएका थिए। सन् १९७३ मा उनी त्यहीँको सैन्य विद्यालयबाट ग्र्याजुएट हुँदासम्म यस किसिमको सफलता पाउने अनुमान नै कमै मानिसलाई मात्र थियो।

सिरियामा युद्ध भएको १४ औं वर्षमा प्रवेश गरेको छ। रुसी समर्थन सहितको राष्ट्रिय सेनाले सत्तामा राम्रो प्रभाव जमाएको छ। टर्की समर्थनको विद्रोही सेनाले उत्तर पश्चिम सेनाले राम्रो पकड राखेको छ।

फारिस त्यसै समयमा सोभियत सङ्घबाट पनि हिरो अफ सोभियतको उपमा पाएका थिए। साथै अवार्ड अफ लेनिन पनि पाएका थिए। कुनै समयमा सो अवार्ड सोभियत सङ्घमा सबै भन्दा प्रतिष्ठित मान्ने गरिन्थ्यो।

सिरियामा युद्ध भएको १४ औं वर्षमा प्रवेश गरेको छ। रुसी समर्थन सहितको राष्ट्रिय सेनाले सत्तामा राम्रो प्रभाव जमाएको छ। टर्की समर्थनको विद्रोही सेनाले उत्तर पश्चिम सेनाले राम्रो पकड राखेको छ। उत्तर पूर्वीमा अमेरिकी सद्भाव रहेको कुर्दीस सेनाले प्रभावमा राखेको छ।

सत्ताको विरुद्धमा सुरु भएको आन्दोलन नै अहिले गृह युद्धमा परिणत भएको छ। यो बिचमा तीन लाख भन्दा बढीको ज्यान गएको।

एक करोड ३० लाख भन्दा बढीले देश छाडेका छन्। यसरी देश छाड्ने तीनै मध्यका एकको निधनमा संसार नै शोकाकुल भइरहेको समयमा सिरियाली सरकारले कुनै ध्यान र चासो नै दिन सकेको छैन।
स्रोतः ग्लोबल सिटिजन, स्पेस न्युज, भ्वाइस अफ अमेरिका र सिएनएन

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : २३ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने