भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट « Khabarhub

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्कीको कच्ची घर आगोले जलेर पूरै नष्ट भएको छ।

आगो नियन्त्रणको कोसिस भए पनि घर पूरै जलेको छ। तर क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा अन्य घरमा क्षति नपुगेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : २० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,