ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने « Khabarhub

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

ललितपुरको महाङ्काल गाउँपालिकामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिमा मंगलबार भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक डोल्मा माया गोलेले प्रतियोगिता सम्पन्न गर्न जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको जानकारी दिइन् ।

प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सह-आयोजक छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्री कार्यालय निजी सचिवालयका सदस्य शान्ता कुमार दराईले युवाहरुमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन प्रतिष्ठानले खेलकुद लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दहाल र छोरी ज्ञानु दहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो ।

प्रतिष्ठानले स्थापनाकालदेखि नै खेलकुद लगायत कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ ।

यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १/१ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ ।

यो भलिबल प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायत नेतृत्वलाई ल्याउने तयारी गरिएको छ।

यस क्षेत्रका महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने आयोजकको विश्वास  छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : ३१ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ