हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने | Khabarhub Khabarhub

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले काठमाडौं भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म आयोजना हुने एक्स्पोमा जलविद्युत विकास निम्ति आर्थिक, प्राविधिक र सामाजिक लगायत अन्तरसम्बन्धित विभिन्न मामिलामा प्राविधिक सेसन हुने इप्पानले जानकारी दिएको छ ।

एक्स्पोको पहिलो दिन भोलि बुधबार बिहान ६ः३० बजे इप्पानले विद्युतीय सवारीसाधन (ईभी) र्याली निकाल्ने र ११ बजेदेखि प्राविधिक सेसनहरू शुरु गर्ने जनाएको छ । पहिलो दिनको सेसनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको अडानी ग्रुपका उपाध्यक्ष जीत अडानी पनि सहभागी हुनेछन् ।

दोस्रो दिन १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पो उद्घाटन गर्नेछन् । सो दिनको प्राविधिक सेसनमा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहसहित ५ सांसद्हरू सहभागी हुने इप्पानले जानकारी दिएको छ ।

एक्स्पोको अन्तिम दिन वैशाख १४ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री वर्षमान पुन अध्यक्षतामा प्राविधिक सत्रहरू चलाइने र समापन गरिने इप्पानले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ४ : १२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको