हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने « Khabarhub

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले काठमाडौं भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म आयोजना हुने एक्स्पोमा जलविद्युत विकास निम्ति आर्थिक, प्राविधिक र सामाजिक लगायत अन्तरसम्बन्धित विभिन्न मामिलामा प्राविधिक सेसन हुने इप्पानले जानकारी दिएको छ ।

एक्स्पोको पहिलो दिन भोलि बुधबार बिहान ६ः३० बजे इप्पानले विद्युतीय सवारीसाधन (ईभी) र्याली निकाल्ने र ११ बजेदेखि प्राविधिक सेसनहरू शुरु गर्ने जनाएको छ । पहिलो दिनको सेसनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको अडानी ग्रुपका उपाध्यक्ष जीत अडानी पनि सहभागी हुनेछन् ।

दोस्रो दिन १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पो उद्घाटन गर्नेछन् । सो दिनको प्राविधिक सेसनमा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहसहित ५ सांसद्हरू सहभागी हुने इप्पानले जानकारी दिएको छ ।

एक्स्पोको अन्तिम दिन वैशाख १४ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री वर्षमान पुन अध्यक्षतामा प्राविधिक सत्रहरू चलाइने र समापन गरिने इप्पानले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ४ : १२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी