हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै « Khabarhub

हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल अझै १६ दिन जेलमा बस्नुपर्ने भएको छ ।

दिल्लीस्थित राउज एभेन्यु कोर्टले मंगलबार केजरीवालको न्यायिक हिरासतको समय ७ मेसम्मलाई बढाएको हो ।

भारतमा लोकसभाको चुनाव चलिरहँदा केजरीवालको बास जेलमै हुने भएको छ ।

यसअघि केजरीवालको जेल बसाइलाई १ अप्रिलबाट १५ अप्रिलसम्म लम्ब्याइएको थियो । त्यसपछि २३ अप्रिलसम्म थपियो ।

अदालतको यस आदेशपछि केजरीवाल अब लोकसभा चुनावको दोस्रो (२६ अप्रिल) र तेस्रो (७ मे) चरणको चुनावमा जेलमै रहने छन् ।

केजरीवालसहित बीआरएस नेता के. कविता र एक अन्य आरोपी चरनप्रीत पनि जेल बसाइ ७ मेसम्म बढाइएको छ ।

प्रवर्तन निर्देशालय (ईडी) ले सुनुवाइका क्रममा के. कविताको केसमा ६० दिनमा मुद्दा दर्ता हुने जनाएको छ ।

ईडीले मदिरा नीति केसमा केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । २२ मार्चमा राउज एभेन्यु कोर्टमा पेशी गरिएको थियो । जहाँबाट उनलाई २८ मार्चसम्म ईडीको हिरासतमा पठाइएको थियो । उनी गत १ अप्रिलदेखि तिहाड जेलमा छन् ।

यसैबीच तिहा प्रशासनले केजरीवाललाई सोमबार साँझ इन्सुलिन दिइएको जनाएको छ । अधिकारीले उनलाई कम क्षमताको २ युनिट इन्सुलिन दिइएको जनाएका छन् ।

सोमबार साँझ ७ बजे उनको सुगर लेभल २१७ पुगेको थियो । एम्स अस्पतालका चिकित्सकले २०० माथि गएपछि उनलाई कम क्षमताको इन्सुलिन दिन सकिने जनाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै