लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा « Khabarhub

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् ।

लोकतन्त्र दिवसको शुभकामना दिँदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउँदै लोकतन्त्र व्यवस्था ल्याए अनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् ।

उनले लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन् ‘आज लोकतन्त्र दिवस १ जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ! लोकतन्त्र व्यवस्था त ल्यायौं तर त्यसअनुरूप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन। लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो। लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस्। यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् । लोकतन्त्र दिवसको हार्दिक शुभकामना!

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ४९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर