इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित « Khabarhub

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय समुदायले प्रतिद्वन्द्वी क्षेत्रहरूमा लडाकूहरू संलग्न हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् । 

‘अप्रिल १३-१४ पछि टाइग्रे र छिमेकी अमहाराले दाबी गरेको अलामाता टाउन र राया अलामाता, जाटा र ओफलामा सशस्त्र झडपहरूबाट विस्थापित मानिसको सङ्ख्या ५० हजारभन्दा बढी भएको छ’, स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रसङ्घले भनेको छ, ‘मानवीय अवस्था गम्भीर छ, हजारौँ महिला र बालबालिकालाई बाँच्नका लागि व्यापक मानवीय सहायताको आवश्यकता छ ।’

इथियोपियाको सरकार र क्षेत्रीय टाइग्रेयन अधिकारीहरूबीच दुई वर्षको युद्धमा अमहारा बलले दक्षिणी टाइग्रेमा राया अलमाता कब्जा गरेका छन् । 

प्रधानमन्त्री अबी अहमदी सरकार र टाइग्रेयन अधिकारीहरू बिचको शान्ति सम्झौताअन्तर्गत सङ्घर्षका क्रममा सङ्घीय सेनालाई समर्थन गरेको अमहारा सेनाले सन् २०२२ नोभेम्बरमा प्रिटोरियामा सम्झौतामा हस्ताक्षरपछि राया अलमाताबाट फिर्ता हुनुपर्ने थियो ।

संघीय सरकार र टिग्रेयन अधिकारीहरूले उत्तरी इथियोपियामा मिडियाको पहुँचमा कडा प्रतिबन्ध लगाइएको हुनाले स्वतन्त्र  अवस्थालाई प्रमाणित गर्न असम्भव छ ।

संयुक्त राज्य अमेरिका, जापान, बेलायत र फ्रान्सलगायत धेरै राष्ट्रका दूतावासहरूले शनिबार वार्ताको आह्वान गर्दै नागरिकको  सुरक्षा गर्न आग्रह गरेका छन् । 

युद्धको सुरुआती समयमा अमहारा सेनाहरूले पश्चिमी टिग्रे कब्जा गरी नियन्त्रणमा लिँदा विवादित दुवै क्षेत्रहरूले दावी गरेका छन् ।

इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको क्षेत्र अमहारा सन् २०२३ अप्रिलदेखि द्वन्द्वग्रस्त छ भने संघीय सरकारको देशका क्षेत्रीय सेनाहरूलाई ध्वस्त पार्ने निर्णयले द्वन्द्व निम्त्याएको थियो ।  

टिग्रे शान्ति सम्झौताबाट विश्वासघात भएको महसुस गरिसकेका अमहारा राष्ट्रवादीहरूले यो कदमले आफ्नो क्षेत्रलाई कमजोर पार्ने बताएका छन् । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०३ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट