उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त « Khabarhub

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका बुवा चक्र भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । 

पार्टी महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गरी बुवा चक्र भण्डारीको निधनले  शोकमा परेका दमन भण्डारी र सपरिवारमा गहिरो समवेदना व्यक्त गरेका हुन्।  

‘यही वैशाख १५ गते प्रदेशसभा सदस्यका लागि बझाङ-१ मा हुन गइरहेको निर्वाचनमा उम्मेदवार रहनुभएका कमरेड दमनको निर्वाचन प्रचारको क्रममा बुबाको निधनबाट केही व्यवधान हुन गएको छ’, शोक वक्तव्यमा भनिएको छ, ‘यस विषम परिस्थितिमा चुनाव प्रचारप्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई हार्दिक अनुरोध गर्दछु ।’

बाजुरा जिल्ला कमिटीका अध्यक्षसमेत रहनु भएका भण्डारीका बुवा चक्र भण्डारीको आज बझाङको छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारी गाउँमा निधन भएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर