बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार ! « Khabarhub

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

सचिवालय भन्छ– हामीलाई जानकारी छैन, कसैलाई समर्थन छैन


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले खुलेरै समर्थन गरेका छन् । थेगिमका समर्थकले यो पनि दाबी गर्दै आएका छन् कि उनलाई काठमाडौंमा मेयर बालेन्द्र शाहको पनि सहानुभूति छ ।

थेगिमका समर्थकले आफूहरुलाई बालेन्द्र शाहको नैतिक समर्थन रहेको बताइरहँदा अर्का एकजना स्वतन्त्र उम्मेदवारले त पोष्टरमा बोलेन्द्र शाहको तस्बिर नै टाँसेर चुनाव प्रचार थालेका छन् । आफूलाई बालेन्द्रको आधिकारिक समर्थन रहेको बताउँदै उनले भोट मागिरहेका छन् ।

बालेन्द्र शाह इलामका बासिन्दा होइनन् । उनी काठमाडौं महानगरपालिका मेयर हुन् । तर, देशैभरिका युवामाझ बालेन्द्रको लोकप्रियता देखिएका कारण उनको समर्थन आफूलाई रहेको बताउने होडबाजी सुदूरपूर्वमा देखिएको छ । मेयर बालेन्द्रले अहिलेसम्म इलामका कुनै पनि उम्मेदवारलाई खुलेर समर्थन जनाएका छैनन् ।

बालेन्द्रको समर्थनले इलामको चुनावमा के प्रभाव पार्छ, त्यसको विश्लेषण गर्न सजिलो छैन । तर, शाहले जसलाई समर्थन गर्छन्, युवाको मत त्यतैतिर सिफ्ट हुन सक्ने उम्मेदवारहरुको आश छ ।

हर्क साम्पाङले डकेन्द्रलाई समर्थन जनाएको अवस्थामा बालेन्द्रले पनि पहिचान पक्षधर स्वतन्त्र उम्मेदवारप्रति सहानुभूति जनाउन सक्ने पहिचानवादीको दाबी छ । इलाममा एमाले र कांग्रेसका उम्मेदवारलाई बालेन्द्रको समर्थन रहने सम्भावना कमै छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि उनले बेलाबखत तीखो आलोचना गर्दै आएका छन् । अन्य स्वतन्त्र व्यक्तिले बालेन्द्रको साथ पाइहाल्न सहज देखिँदैन । इलाममा शाहको नाम जति चर्चामा ल्याए पनि बालेन्द्र अहिलेसम्म मौन छन् ।

डोजर चिह्न लिएका शाहीको दाबी – मलाई बालेन्द्रको समर्थन छ

इलाम २ को उपनिर्वाचनमा डोजर चिह्न लिएर उम्मेदवारी दिएका अर्जुनविक्रम शाही स्वतन्त्र उम्मेदवार हुन् । तर, उनी इलामका बासिन्दा नभएर बाँके निवासी हुन् । शाहीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिएर आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन रहेको बताउने गरेका छन् ।

त्यस्तै धनगढी उपमहानगरका मेयर गोपी हमालले पनि आफूलाई सहयोग गरेको शाहीको दाबी छ । तर, धरानका मेयर हर्क साम्पाङ भने डकेन्द्रको पक्षमा खुलिसकेको हुनाले शाहीले हर्कको भने नाम लिएका छैनन् ।

बालेन्द्रको फोटो टाँसेर इलाममा अर्जुन शाहीले चुनाव प्रचार गरिरहे पनि मेयर बालेन्द्रको सचिवालयले भने अनभिज्ञता प्रकट गरेको छ

स्नातकोत्तर तहको अध्यन गरेको बताउने शाही पेसाले व्यापारी हुन् । आफूले स्थानीय तहको न्यायिक समितिको सफ्टवेयर बनाएको उनको दाबी छ। शाही भन्छन् ‘देशभरिका युवालाई सन्देश दिन म इलाममा उठेको हुँ ।’

शाही बाँकेका भए पनि उनका प्रस्तावक र समर्थक भने इलामकै युवा छन् । उनले प्रेम ढकाललाई समर्थक र अभिषेक बराललाई प्रस्तावक राखेर उम्मेदवारी दिएका हुन् ।

आफ्नो पोस्टरमा बालेन्द्रको फोटो टाँसेर इलाममा शाहीले चुनाव प्रचार गरिरहे पनि मेयर बालेन्द्रको सचिवालयसँग यसबारे चासो राख्दा सचिवालयले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

बालेन्द्रको सचिवालयका सुरेन्द्र बजगाईं खबरहबसँग भने, ‘मेयर साहेबले इलामका कोही पनि उम्मेदवारलाई समर्थन गर्नुभएको छैन।उहाँको नाम र तस्बिरको दुरुपयोग नगर्न हाम्रो अनुरोध छ ।’

शाहको नाम दुरुपयोग गर्नेमाथि कानूनी कारवाहीको प्रक्रियामा पिन जान सकिने बजगाईंले खबरहबलाई बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : २७ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ