आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर « Khabarhub

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर झण्डै आईपीओकै मूल्यमा किन्न पाइन्छ । पछिल्लो समयमा कतिपय कम्पनीहरूले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर जारी गरिरहँदा ४ वटा कम्पनीको शेयर भने १५० रुपैयाँ भन्दा कममा खरिद-बिक्री भइरहेको छ ।

त्यसरी आइपीओको मूल्यमा दोस्रो बजारमा कारोबार हुनेमा एउटा हाइड्रोपावर छ भने अन्य ३ वटा वाणिज्य बैंकहरू छन् । हाइड्रो घाटामा भएपनि वाणिज्य बैंकहरू भने नाफामै रहँदा पनि उनीहरूको शेयर मूल्य १५० भन्दा कम पुगेको छ । 

ऋणमा रहेको हिमाल दोलखा हाइड्रोको मूल्य १३१ मात्रै 

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य निकै तल झरेको छ । दोस्रो बजारमा हिमालको शेयर प्रतिकित्ता १३१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । पछिल्लो एक वर्षको अवधिमा पनि हिमालको शेयरमा लगानीकर्ताको धेरै आकर्षण देखिँदैन । एक वर्षको अवधिमा हिमालको शेयर बढीमा २२० रुपैयाँ र घटीमा ११६ रुपैयाँसम्म प्रतिकित्ता कारोबार भएको छ । 

हिमालको २ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये ४८.७५ प्रतिशत सर्वसाधारणको छ भने ५१.२५ प्रतिशत प्रवर्द्धकको छ । हिमालको मार्केट क्यापिटल ३ अर्ब ६८ करोड २० लाख रहेको छ । 

चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार सो कम्पनी घाटामा रहेको छ । कम्पनीको खुद घाटा ११ करोड ४५ लाख ४७ हजार रुपैयाँ रहेको छ । हिमालको प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ । हिमालको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २४ पैसा छ । 

कुमारी बैंकको मार्केट क्यापिटल ३४ अर्ब 

३४ अर्ब ८२ करोड ७९ लाख मार्केट क्यापिटल रहेको कुमारी बैंकको शेयर पनि दोस्रो बजारमा प्रतिकित्ता १५० भन्दा कम मूल्यमै पाइन्छ । वाणिज्य बैंक भएपनि कुमारीको शेयर पछिल्लो एक वर्षको अवधिमा बढीमा १९५ रुपैयाँ ८० पैसामा र कम १३२ रुपैयाँसम्ममा भएको थियो ।

कुमारीको २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये ४९ प्रतिशत सर्वसाधारणको र ५१ प्रतिशत प्रवर्द्धकको छ । 

कुमारीको मार्केट क्यापिटल ३४ अर्ब ८२ करोड ७९ लाख रुपैयाँ बराबरको छ भने बैंकले चालु आवको दोश्रो त्रैमाससम्ममा ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको छ । उक्त अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा छ । ९ महिनाको अवधिसम्ममा कुमारीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा रहेको छ । 

लक्ष्मी सनराइज बैंकको २३ करोड कित्ता शेयर सूचीकृत 

लक्ष्मी सनराइज बैंक लिमिटेडको २३ करोड १८ लाख ७१ हजार ५४६ कित्ता शेयर नेप्सेमा सूचीकृत छ । यसको पनि प्रतिकित्ता शेयर भने १५० रुपैयाँ भन्दा कम मूल्यमै खरिद-बिक्री भइरहेको छ । 

लक्ष्मीको शेयर प्रतिकित्ता १४८ रुपैयाँ ७० पैसामा किनबेच भइरहेको छ । पछिल्लो एक वर्षमा लक्ष्मीको एक वर्षमा बढीमा २०८ र कम १४६ रुपैयाँ ३० पैसासम्म कारोबार भएको छ । 

लक्ष्मीको मार्केट क्यापिटल ३४ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ बराबर छ । लक्ष्मीले चालु आवको तेस्रो त्रैमाससम्ममा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ नाफा गरेको छ । तेस्रो त्रैमाससम्म आउँदा सो बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा छ ।

१३७ रुपैयाँमा प्रभु बैंकको शेयर 

प्रभु बैंक लिमिटेडको शेयर प्रतिकित्ता १३९ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ । २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता रहेको प्रभुको शेयर ४९ प्रतिशत सर्वसाधारण र ५१ प्रतिशत प्रवर्द्धकको छ । 

एक वर्षमा प्रभुको शेयर बढीमा २०६ र घटीमा १३५ रुपैयाँ ८० पैसासम्म पुगेको छ । प्रभुको मार्केट क्यापिटल ३२ अर्ब ४६ करोड ५० लाख रुपैयाँ बराबर छ ।

प्रभु बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ८६ करोड ७१ लाख २४ हजार रुपैयाँ नाफा गरेको छ भने पछिल्लो ९ महिनाको अवधिसम्म प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६० पैसा रहेको छ 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : २६ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक