धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम « Khabarhub

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् ।

महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु गरिएको हो ।  पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहत्तर विकास भइरहेको छ ।  

जलेश्वरधाम क्षेत्र भित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला रहेका छन् । 

महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पुर्‍याएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ । 

विसं २०३९ देखि प्रत्येक वर्ष वार्षिक अनुष्ठान गर्दै आएको अर्जुनधारा जलेश्वर धामले हालसम्म ४२औँ वार्षिक अनुष्ठान सम्पन्न गरिसकेको मूल गुरु अग्नि प्रसाद सिग्देलले जानकारी दिए। 

धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठ समेत सञ्चालनमा छ । विद्यापीठमा ८० जनाले अध्ययन गरिरहेका छन । कक्षा छ सम्मको पढाई हुने विद्यापीठमा आवासीय सुविधासहित निःशुल्क पठनपाठन गराइने श्री अर्जुनधारा जलेश्वर धाम व्यवस्थापनले जनाएको छ । त्यस्तै धामभित्रै रहेको गौशालामा २० वटा गाई पालन गरिएको छ । 

मुल गुरु सिग्देलले भने, ‘हाम्रो धाममा आउने ६० जनासम्म भक्तजनहरुलाई खानबस्न सहितको सुविधा समेत रहेको छ ।’ जलेश्वरधामको अधिकांश खर्च दान दातव्यबाट प्राप्त भएको रकमबाटै चल्ने गरेको छ । केही रकम संघीय सरकार स्थानीय सरकारले सहयोग गरेको उनले बताए। 

जलेश्वर धाममा नेपालभित्रका मात्र नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । अर्जुनधारा जलेश्वरधामको उचित प्रचार हुन नसकेको स्थानीयको गुनासो छ । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ३७ बजे

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि