विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन « Khabarhub

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद अल थानीले इजरायलमा रोजगारीमा रहेका बेला गत ७ अक्टोबरमा विद्रोही समूह हमासले अपहरण लगेका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको रिहाइमा थप पहल गर्ने आश्वासन दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएका  विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन सँग आग्रह गरेका छन्।

लामो समयदेखि हमासको कब्जामा रहेका भनिएका जोशीको रिहाइका लागि यसअघि नेपालले कतारलाई आग्रह गरिसकेको छ । कतारले हमास र इजरायलबीच शान्तिवार्तामार्फत् युद्धविराम पहल गर्दै आएको छ ।

‘नेपाली युवा विपिन जोशीको अवस्था पत्ता लगाएर रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपतिज्यूले कतारका राजा शेखसँग आग्रह गर्नु् भएको छ’, प्रेस सल्लाहकार किरण पोखरेलले खबरहबसँग भने, ‘यसअघि पनि कतारले विपिनको खोजी र रिहाइका लागि इजरायल र हमाससँग संवाद गरेकाले हाम्रोतर्फबाट राष्ट्रपतिज्यूले थप ठोस पहलको अपेक्षा व्यक्त गर्नु भएको हो ।’

पोखरेलका अनुसार राष्ट्रपतिको उक्त आग्रहपछि कतारी राजाले विपिनको रिहाइ पहल गर्न थप सहयोग गर्ने आश्वासन दिएका छन् ।

२०२३ अक्टोबर ७ मा इजरायल-गाजा सीमाक्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा ४ जना घाइते भएका थिए । विपिनलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ । त्यस आक्रमणमा इजरायलसहित विभिन्न देशका १२ सय नागरिक मारिएका थिए ।

नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार आएका राजा थानीसँग शीतलनिवासमा द्विपक्षीय वार्ता भएको हो । यस वार्तामा जलवायु परिवर्तनसहितका मुद्दामा पनि कुरा भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ०१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२