आगलागी पिडितलाई राहत वितरण « Khabarhub

आगलागी पिडितलाई राहत वितरण


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ । आगलागीबाट घरगोठ जली घरबारविहिन भएका परिवारलाई स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, मदाने विपत व्यवस्थापन समिति, जिल्ला विपत व्यवस्थापन समिति लगायतका संघ संस्थाले राहत सामाग्री वितरण गरेका हुन् ।

बैशाख ६ गते मथुरा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर जाँदा ८ गते वस्तीमा पुगी टेक्काका दुई र नेप्टेका तीन घर जलेका थिए । आगलगीबाट स्थानीय डोर बहादुर मल्ल, वसन्त मल्ल, नक्कल मल्ल, देउमान चन ठकुरी र देवसिंह सेन ठकुरीको घरगोठ जलेको थियो । साथै दर्जनौको संख्या पुशुचौपायाहरु जलेका थिए । भने एक करोड भन्दा धेरैको क्षति भएको प्रहरीको अनुमान छ ।

जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल, मदाने गाउँपालिकाका अध्यक्ष र उपाध्यसहित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पिडित परिवारलाई २० हजारका दरले नगद वितरण गरिएको थियो ।

त्यस्तै वडा कार्यलय अग्लुङ्गका प्रतिनिधि तथा कर्मचारी र स्थानीय शेरबहादुर खड्कासहितको टोलीले दाल, चामल, नुन, तेलसहितका राहत सामाग्री वितरण गरेको थियो । साथै मदाने गाउँपालिका विपत्ति व्यवस्थापन समितिले राहतका सामाग्रीसहित क्षतिको विवरण अनुसार नगद हस्तारण गर्यो ।

यस्तै उपशाखा पुर्कोटको समन्वयमा नेपाल रेडक्रस सोसाइटी गुल्मीले पीडित परिवारहरुलाई त्रिपाल, कम्बल,कपडा सेट, भाडासेट लगायतका राहत सामाग्री प्रदान गरेको छ । भने नेकपा एमाले मदाने गाउँपालिका कमिटीले पनि १५ हजार नगर सहयोग गरेको छ ।

त्यसैगरी पुर्कोट नागरिक समाज, सरगम सञ्जाल युवा क्लब, समाज सुधार तथा जनचेतना अभियान अग्लुङ्ग लगायतका विभिन्न संघसंस्थाहरुले पनि राहत सामाग्री तथा नगद प्रदान गरेका छन् ।

राहत वितरण कार्यक्रममा पुगेका विपत व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले प्रदेश सरकार तथा केन्द्रसँग समन्वय गरेर तत्काल पुनर्स्थापनाका लागि पहल गर्न बताएका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले आगो नियन्त्रणमा स्थानीयको एकता र सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे । भने वडा अध्यक्ष शुशील चन्दले पिडितको परिवारलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : ३२ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई