भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे « Khabarhub

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एक भैँसीसहितको गाई फार्म जलेर नष्ट भएको छ ।

स्थानीय ईश्वर न्यौपानेले सञ्चालन गरेको फार्ममा बिजुली सर्ट भई आगलागी हुँदा रु २१ लाख ९० हजार बराबरको क्षति भएको सञ्चालक न्यौपानेले जानकारी दिए ।

गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा ओछ्याउने सोत्तरमा आगो सल्किएपछि फार्म नै नष्ट भएको उनले बताए ।

आगो लागेपछि स्थानीयवासी, प्रहरी, जुद्ध बारुणयन्त्र भक्तपुरको टोलीले दुई घण्टा पछि आगो निभाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : २२ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको