आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ १० गते बिहीबार तदनुसार सन् २०२४ मे २३ तारिख। वैशाख शुल्क पक्षको पूर्णिमा तिथि। बुद्ध जयन्ती तथा उभौली पर्व। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ। लगानी गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ।

वृष : समय राम्रो छ। नयाँ कामको अवसर प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने देखिन्छ। वैदेशिक रोजगारीमा लाभ प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मानको अवसर छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अरुसँग अपेक्षा गर्दा दुःखी बन्नुपर्ने भएकाले आफ्नो काम आफैंले गर्नु राम्रो हुनेछ।

कर्कट : पुरानो आफ्नै कामको कारण पछुताउनुपर्ने हुनसक्छ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। श्रमको सम्मान हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

सिंह : काममा मेहनत बढी गरे पनि पारिश्रमिक कम मात्र प्राप्त हुनेछ। खानपानमा सचेत नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा संकट बढ्ने जोखिम छ। समग्रमा आम्दानी भने बढ्नेछ।

कन्या : तपाईंको प्रशंसा हुनेछ। आर्थिक लाभ हुने दिन छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खटपटी बढ्ने योग रहेकाले कम बोल्नु फाइदाजनक हुनेछ।

तुला : व्यापारमा प्रगति हुनेछ। लगानीका क्षेत्र धेरै भएकाले सोचेर लगानी गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट घाटा हुने देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

वृश्चिक : समय राम्रो छ। योजना सफल हुनेछन्। आफन्तको साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। गुरुको सुझाव वा सल्लाह लिएर गरेको काम सफल बन्नेछ।

धनु : शत्रु बढ्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ मिलेमा जुनसुकै काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।

मकर : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने शंका र उपशंका हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

कुम्भ : झुटा आरोप लाग्नसक्छ। शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्छ। व्यापारबाट फाइदा भए पनि ठुलो लगानी नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

मीन : दैनिकी राम्रो छ। श्रमको मूल्य प्राप्त हुने दिन छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। कुरा काट्ने सक्रिय भए पनि परिवारको साथ र सहयोग राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : ०४ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा