बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री | Khabarhub Khabarhub

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : २७ बजे

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा

अण्डाको मूल्य क्रमशः बढ्ने संकेत

नारायणगढ– गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत