बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री « Khabarhub

बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : २७ बजे

सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं– माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल

राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले पूर्व राजा ज्ञानेन्द्र हाँसेर

जसपा नेपाल र लोसपाबीच एकीकरण– उपेन्द्र अध्यक्ष, महन्थ संरक्षक

काठमाडौ– मधेसकेन्द्रित दुई ठूला राजनीतिक दलबीच एकीकरण सहमतिमा हस्ताक्षर भएको

कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत

एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ३०४औँ पृथ्वीजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा