मुद्धाको किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने « Khabarhub

मुद्धाको किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारका कामकारबाही प्रति आपत्ति प्रकट गरेको छ ।

दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी प्रदेश सरकारविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा प्रदेशसभाको अधिवेशन आह्वान गरिएकोमा आपत्ति जनाएका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध सर्वोच्चमा दायर रिटमा सर्वोच्चले प्रदेश सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको अवस्थामा शुक्रबार (जेठ ११ गते) प्रदेशसभा आह्वान गर्नु अदालतको अवहेलना हुने कांग्रेसको ठहर छ ।

प्रदेश सरकारले आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने उद्देश्यले  शुक्रबार दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरेको छ ।

उक्त मुद्दामा निरन्तर सुनुवाइ भइरहेकाले मुद्दाको टुंगो नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनैपनि कार्यमा नेपाली कांग्रेसको सहभागीता नरहने जनाएको छ ।

अदालतको आदेश विपरितका कार्य भएमा कांग्रेस संसदीय दललाई मान्य नहुने र त्यसबाट उत्पन्न परिस्थितिको स्वयं सरकार र आदेश उलंघन गर्ने पक्ष नै जिम्मेवार हुने कांग्रेसले चेतावनी दिएको छ ।

गत वैशाख २३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखले ६० सदस्यीय प्रदेशसभामा ३० जनाको समर्थनलाई नै बहुमत प्राप्त गरेको भनि घोषणा गरेको प्रक्रिया विरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १ : ०७ बजे

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक

कानुनी झमेलामा पर्दै युवा कमेडियन

काठमाडौँ- नेपालमा कमेडी विधा बाउन्स ब्याक भएको अवस्थामा छ ।

हावाहुरीले घर भत्किँदा एक महिलाको मृत्यु

रौतहट– रौतहटमा सोमबार साँझ आएको हावहुरीले घर भत्किएर थिच्दा एक

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन