आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि | Khabarhub Khabarhub

आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबारका लागि घोषणा गरेको प्रदर्शनका लागि १५ जना प्रतिनिधि खटाएको छ ।

संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसले आइतबार भृकुटीमण्डपमा हुने प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरु खटाएको हो ।

कांग्रेसले काठमाडौं– १ मा केन्द्रीय सदस्य अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमति शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर र ६ मा गुरु बराललाई खटाएको छ ।

यस्तै काठमाडौं ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ ।

ललितपुर १ मा सह-महामन्त्री उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशी खटिएका छन् । उता भक्तपुर १ मा इन्द्र बानियाँ र २ मा गणेश लामा खटिएका छन् ।

काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आइतबार दिउँसो २ बजेका लागि घोषित सरकारविरुद्धको प्रदर्शनमा जनसहभागिता बढाउन केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रमा खटाइएको कांग्रेसले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ४ : ५६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित